
नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय कार्यालय गैँडाकोट सहित जिल्ला र जिल्ला बाहिरका विभिन्न सेवाकेन्द्र हरुका लागि कर्मचारी आह्वान गरिएको हो ।
नेपालको सर्वोत्कृष्ट तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरि एशियाली मापदण्डमा पुग्न सफल भएको किसान बचतले खुला प्रतिपष्र्धाको माध्यमबाट पदपुर्ति गर्न लागिएको जनाएको छ ।
एक साताको समयावधि तोकेर किसानले शैक्षिक योग्यता, नेपाली नाागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साईजको फोटो, अनुभवहरुको प्रमाणपत्र भए सो समेतको प्रतिलिपि राखेर दराखस्त दिन आह्वान गरेको छ ।भाद्र १४ गतेभित्र परेका निवेदनहरु मध्येबाट सर्टलिष्टमा परेका उमेद्वारहरुलाई अन्र्तवार्ताको माध्यमबाट छनौट प्रकृयामा सहभागी गराईने समेत किसानले जनाएको छ ।
किसानले केन्द्रीय कार्यालय गैँडाकोटका लागि सहायक (बचत), सहायक (आईटी), सहायक (सवईन्जिनियर) र वरिष्ठ सहायक (कार्यालय) गरी चार पदका लागि कर्मचारी माग गरेको छ । ति सबै पदहरुका लागि १८ वर्ष उमेर पुरा भै ३५ वर्ष उमेर ननाघेको हुुनुुपर्ने जनाइएको छ ।
त्यसैगरी पञ्चदृष्टि (दलदले), कावासोती, नारायणगढ र विजयनगर (गैँडाकोट) सेवाकेन्द्र तथा सम्बृद्धि डण्डा र दुम्किबास सेवाकेन्द्र (सर्दीका लागि) ६ जना बजार प्रतिनिधि पदमा कर्मचारी आवश्यक परेको किसानको सूचनामा उल्लेख छ ।
यसका साथै विभिन्न सेवाकेन्द्रहरुका लागि सहायक बचत ३ जना, ऋण सहायक ३ जना, समूह परिचालक ३ जना र सुरक्षा गार्ड ३ जना कर्मचारीको माग किसानले गरेको छ ।
हेर्नुहोस, कर्मचारी आह्वानको सूचना