+
+
-- Sponsored Ad --

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने

386 पटक हेरिएको
Clock २०७८ भाद्र ९, बुधबार १७:४५
-- Sponsored --

९ भदौ, काठमाडौं । बुधबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।

विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा-झरीको सम्भावना रहेको छ ।

प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २ वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win