कावासोती नगरपालिकाको १२ करोडको सुविधा सम्पन्न भवन,

रोशनी बानियाँ –
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकको सुविधा सम्पन्न प्रशासनिक भवन बनेको छ ।
कावासोती नगरपालिकको १२ करोड भन्दा बढी लगानीमा भुई तला पार्किङ सहित ३ तले भवन मात्र निमार्ण भएको हो । भवन १२ हजार भन्दा बढि स्क्यरफिटमा बनेको र भवनको तल्लो तलामा पार्किङ्ग र माथिल्लो २ तलामा ५५ वटा कोठा रहेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए ।

भवन निर्माण भए पछि नगरपालिका मातहत रहेका सम्बन्धित विषयका शाखा कार्यालयहरु भाडाको कार्यालयमा बस्नु पर्ने बाध्यता हटेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाई छ । सबै शाखा एकै ठाउँमा भए पछि सेवाग्राहीलाई पनि सहज हुने घर्तीले बताए ।

पुर्वी नवलपरासीको कावासोती नगरपालिकमा तल्लो दुई तथा व्यापारिक प्रयोजनका लागि भाडामा दिने र माथिल्लो दुई तलामा कावासोती नगरपालिकाको सबै शाखाहरु रहने गरी बहु आयमिक भवन निर्माण गरिएको हो । तथापि अहिले ३ तल्ला मात्र निर्माण गरिएको छ भने बाँकी दुई तला पछि निर्माण गरिने जनाइएको छ ।
सो भवन निमार्ण भैसकेपछि एउटै भवनमा कावासोती नगरपालिकाको सबै शाखाहरु समेत राखिएपछि कावासोती नगरपालिकाको सबै कामहरु अहिले एउटै भवनबाट भएको छ । उक्त भवन बनेपछि प्राविधिक कक्ष, स्वास्थ्य शाखा, शिक्षा शाखा लगायतका सबै शाखाहरु पहिलाको भन्दा व्यवस्थित रहेको र सेवाग्राहीले सहजै सेवा पाएको कावासोती नगरपालिकका उपप्रमुख प्रेमशंकर मर्दनियाको दावी छ ।

अहिले स्थानीय सरकार बने पछि सबै पालिकाहरुले आफ्नो भवन सुविधा सम्पन्न बनाउने होडबाजी नै चलेको छ । त्यही क्रममा कावासोती नगरपालिकाको पनि सुविधा सम्पन्न भवन भएको छ । सबै सेवा एउटै कार्यालयबाट प्रभाव हुनु पक्कै पनि सेवाग्राहीहरुको लागि राम्रो कुरा हो तर, एउटै कार्यालयबाट सबै सेवा प्रवाह भए पनि सेवाग्राहीहरुले सहज र सरल तरिकाले छिटो छरितो सेवा पाउन सकेनन् भने सुविधा सम्पन्न कार्यालयले मात्र जनताको मन भने जित्न सकिदैन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 74 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 13 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *