+
+
-- Sponsored Ad --

नवलपुरमा रोकिएको फरक प्रदेशमा दर्ता भएका सवारीको नविकरण आगामी हप्ताबाट सुचारु हुने

430 पटक हेरिएको
Clock २०७८ भाद्र १०, बिहीबार २२:३९
-- Sponsored --

कावासोती । यातायात कार्यालय नवलपुरमा रोकिएको फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर संकलन र नविकरण आगामी हप्ता बाट सुचारु हुने भएको छ ।

गण्डकी प्रदेशको भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले फरक प्रदेशमा दर्ता भएका सवारीको कर र नविकरणको विषयमा केही कानुनी अप्ठ्यारो रहेकाले काम रोकिएको बताउदै आगामी हप्ता भित्र नवलपुरमा रोकिएको कर संकलन र नविकरणको काम सुरु हुने गरि कानुनी अडचन फुकाएर परिपत्र गर्न लागिएको बताए ।

“फरक प्रदेशमा दर्ता भएका सवारीको कर संकलन र नविकरण गर्न केही कानुनी अडचन आएका छ्न, यो हप्ता भित्र सबै अडचन फुकाएर कावासोतीमा काम हुने गरि परिपत्र गर्दैछौ,” प्रवक्ता पौडेलले भने । फरक प्रदेशको कर संकलन गरेको विषयमा अख्तियारमा समेत उजुरी परेकाले पनि केही ढिलो भएको बताउदै प्रवक्ता पौडेलले सबै अप्ठ्यारा फुकाएर फरक प्रदेशमा दर्ता भएका सवारीको कर संकलन र नविकरणको काम आगामी हप्ता बाट नै नवलपुरमै हुने गरि काम अगाडि बढाईएको जानकारी दिए ।

यातायात कार्यालय नवलपुरले चालू आव ०७८/७९ का लागि गण्डकी प्रदेशको भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयबाट परिपत्र न आएको भन्दै कर संकलन र नविकरण रोकेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win