+
+
-- Sponsored Ad --

वर्षा र पहिरोले देशका चार सडक अरुद्ध, २५ सडकमा एकतर्फी अवरोध

250 पटक हेरिएको
Clock २०८० श्रावण २१, आईतवार ०९:३०
muglin-narayangarnh
-- Sponsored --

साउन २१, काठमाण्डौ : वर्षा र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । सडक विभाग कार्यालयका अनुसार हाल देशभर चारवटा सडक अवरुद्ध भएका छन् ।

चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा–गणेशचोक ९तमोर करिडोर० सडक अवरुद्ध भएको छ । यो सडकखण्डको पाँचथरमा सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागका अनुसार यो सडकखण्ड प्यूठानको गर्जेनीमा अवरुद्ध भएको छ ।

दिक्तेल–सोलु–जुनवेसीं–खहरे–जिरी बजार–तामाकोसी–चरीकोट–खाडीचौर सडकखण्ड अवरुद्ध भएको छ । यसको खावा दोलखा क्षेत्रको सडकमा अवरोध भएको विभागको भनाइ छ ।

तानसेन–रिडी–कोरला सडक खण्डको म्याग्दीमा पनि सडक अवरुद्ध भएको छ ।

२५ वटा सडक भने एकतर्फी बन्द भएका छन् । बाढी र पहिरोका कारण २५ वटा सडकमा एकतर्फी मात्रै सवारी सञ्चालनमा रहेका छन् । वैशाखदेखि हालसम्म १५२ सडकमा अवरोध सिर्जना भइसकेको छ । सोही अवधीमा अवरुद्ध भएर पुनः सञ्चलनमा आउने सडकको संख्या १२३ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win