0 प्रतिक्रिया
ढालामा च्यापिएर एक युवकको मृत्यु
टिपरको ढालामा च्यापिएर पोखरामा एक युवकको ज्यान गएको छ । सिन्धुली दुधौली नगरपालिका-५ घर भई पोखरा १५ बस्दै आएका टिपरमा सामान लोड/अनलोडको काम गर्ने २८ वर्षीय अजय रोक्काको ग.२ ख २२४ नम्बरको टिपरको ढालामा च्यापिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका-१४ खाल्टे मसिना स्थित सडकमा ढालाले च्यापिएर गम्भीर घाइते भएका रोक्काको पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । घटनापछि टिपर चालकलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



