भिम आचार्य र अष्टलक्ष्मी शाक्यको पद धरापमा, विश्वाशको मत पाउन मुश्किल
काठमाडौं । नेकपा एमाले विभाजनको असर प्रदेश १ र बागमती प्रदेश सरकारमा देखिएको छ । एमाले औपचारिकरुपले विभाजन हुनुभन्दा आगडि नैं बागमती प्रदेशमा डोरमणी पौडेलले राजिनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाईएको थियो ।
विभाजनले औपचारिकता पाएपछि हिजो प्रदेश १ मा शेरधन राईको ठाउँमा भिम आचार्य मुख्यमन्त्री बन्नुभएको छ । दुबै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भिम आचार्यले विश्वाशको मत पाउन भने कठिन देखिएको छ ।
नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले हिजो पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
सपथ लिएलगत्तै आचार्यले पहिलो प्राथमिकताका रुपमा बहुमत जोगाउनु रहेको सन्देश दिनुभयो । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेसँग ५२ सांसद छन् ।
अब कति जना सांसद नेकपा एकीकृत समाजवादीमा जाने हो यकिन छैन । ६ जना भन्दा बढी सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्ने निश्चित छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले