सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च ।

  • अर्थ
  • २०७८ जेष्ठ ९, आईतवार १५:२६

९ जेठ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार मध्यान्ह २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले आइतबार नयाँ रेकर्ड कायम भएको पुष्टि गरे । संसद विघटन भएसँगै अब राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्छ कि भन्ने आकलन गरिएको थियो ।

 
आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक काराेबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेकाे छ । याे हालसम्मकै उच्च हाे ।

२२० कम्पनीकाे सेयर किनबेच हुँदा काराेबार रकम ११ अबर् ६५ कराेड ५८ लाख रूपैयाँ पुगेकाे छ ।

आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । घट्नेमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह देखिएका छन् ।

सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह देखिएको छ । विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार २२:१२
    • 21 views
    मंसिरसम्म भित्रिय २५ ‘हाइब्रिड’ गाडी ।

    ८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म २५ (पेट्रोल–विद्युतीय) हाइब्रिड सवारीसाधन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २ हजार सीसीसम्मको ‘प्लग आउट’…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१०
    • 65 views
    आर्थिक मन्दीको असर देखिएपछि धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरू,

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषण गर्न थालेका छन् । हालसम्म घोषणा गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्थाहरुमा पनि देखिएको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *