+
+
-- Sponsored Ad --

हुप्सेकोटमा पहिरोमा परि वेपत्ता भएका ३ जनाको अबस्था अझै अज्ञात

624 पटक हेरिएको
Clock २०७८ भाद्र ११, शुक्रबार २०:४७
-- Sponsored --

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको अबस्था अझै अज्ञात रहेको छ । उनिहरुको बिहानै देखि खोजी कार्य भईरहेपनि उनिहरुको अबस्थाबारे अझै थाहा हुन नसकेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डेले बताईन् ।

“ उद्धार र खोजी कार्यका लागि जनशक्ती अत्यन्त कम छ , त्यसकारणले पनि अप्ठ्यारो भईरहेको छ , पानी परिरहेकाले पनि खोजी कार्य प्रभावित बनेको छ ।” पाण्डेले भनिन् । पहिरोमा परि वेपत्ता हुने एकै परिवारका हुन् । पहिरोमा परि एकजना घाईते भएका छन् । घाईते हुनेमा स्थानीय हस्त बहादुर पुलामी रहेका छन् । उनको उपचार भइरहेको छ ।

वेपत्ता हुनेहरुमा हरु हस्तबहादुरकी श्रीमती धन माया पुलामी र नातिनिहरु भुमिसरा पुलामी र देउमाया पुलामी रहेका छन् । यो समाचार तयार पार्दा सम्म उनिहरुको अबस्था अज्ञातनै छ । पहिरोले हस्तबहादुरको घरमा पुर्णरुपमा क्षती पुगेको छ भने पशु चौपायाहरु हरु पनि मरेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win