+
+
-- Sponsored Ad --

देवचुलीको मुन्डे-किर्तिपुर-बन्दिपुरमा विद्युत अवरुद्ध

585 पटक हेरिएको
Clock २०७८ भाद्र ११, शुक्रबार २०:५४
-- Sponsored --

लगातार परेको अविरल वर्षाका कारण देवचुलीको मुन्डे-किर्तिपुर-बन्दिपुर सडक खण्ड अवरुद्ध भएको छ । वर्षा सँगै आएको बाढी पहिरोको कारणले बाटो ६ भन्दा धेरै स्थानमा भत्किएको देवचुली-६ का वडा अध्यक्ष मिनबहादुर सोति मगरले बताए ।

टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष सोति मगरले वर्षा संगै आएको पहिरोले किर्तिपुर सडक भत्किए पछि गाउँ भित्रै आवतजावत गर्न पनि कठिन भएको बताए । उनका अनुसार पहिरोले बाटो भत्काए पछि बाटो सँगै रहेका बिजुलीका पोलहरु ढल्दा उक्त क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

बाटो र बिजुली अवरुद्ध भएपनी कुनै प्रकारको मानवीय क्षती नभएको अध्यक्ष मगरले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win