+
+
-- Sponsored Ad --

हुप्सेकोट पहिरोमा परेर बेपत्ता भएका ३ जनाकै शव फेला

697 पटक हेरिएको
Clock २०७८ भाद्र १२, शनिबार १६:५१
-- Sponsored --

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परेर बेपत्ता तीन जनाको शव फेला परेको छ ।

हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको तिनै जनाको भर्खरै शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधुसुदन सिंहले जानकारी दिए ।

बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । शुक्रबार दिन भरी खोज्दा फेला नपरे पछि शनिबार बिहानै बाट प्रहरीको सहयोगमा बेपत्ताहरुको खोजी सुरु गरिएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win