+
+
-- Sponsored Ad --

काेराेना अपडेट : नेपालमा एकै दिन थपिए ६,७३४ जना कोरोना संक्रमित, नवलपुरमा थप ४७ जनामा काेराेना संक्रमण

349 पटक हेरिएको
Clock २०७८ माघ ३, सोमबार १९:५९
-- Sponsored --

एन सञ्चार, माघ ३ः  गत २४ घण्टाभित्र नेपालमा थप ६,७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १४ हजार १४ जनाको पिसिआर परीक्षण र ३  हजार ४५१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ५९ हजार ४८५ र एन्टिजेन परीक्षणबाट १ लाख २ हजार ४५५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या ५४७ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १६ हजार ९८५ पुगेकाे छ।

संक्रमणबाट थप ३ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६२३ रहेकाे छ।

नेपालमा हाल ३० हजार ८७७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ४३ हजार ३६० खाेप लगाइएकाे छ।

गत हप्ता साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा 
संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ४,६३६ पुगेकाे थियाे। शनिबार ४,६३६ जना थपिएकाेमा आइतबार ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे।

यता नवलपुरमा कोरोना संक्रमणको दर बढ्दै गएको साेमबार थप ४७ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व ले जनाएको छ ।एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा मात्रै २४ जना रहेका छन् । त्यसैगरी गैँडाकोट नगरपालिकामा १२, मध्यविन्दु नगरपालिकामा ४, देवचुली नगरपालिकामा ४ जना, विनयीत्रिवेणी गाउँपालिकामा १ जना, हुफसेकाेट गाउँपािलकामा १ जना   र निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा १ जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या २६० पुगेको छ ।

 
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win