दैलेखको आठबिसकोटमा मिनीबस दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते

२७ फागुन, काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटकाे शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।

बसमा तीनजना प्रहरी पनि सवार रहेकाेमा प्रहरी जवान  रमेश चाैधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 48 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २३, बुधबार १२:४८
  • 70 views
पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *