सैनिक दिवसकै दिन यौन दुर्व्यवहारको अभियोगमा सेनाका जर्नेल बर्खास्त

  • समाचार
  • २०७७ फाल्गुन २७, बिहीबार १५:१४

काठमाडौं : सैनिक दिवसकै दिन नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की बर्खास्तमा परेका छन्। सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि कार्कीलाई बर्खात गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई मातहतमा कार्यरत महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ।

कार्कीमाथि संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिंदा दुर्व्यवहार गरेको अनुसन्धानमा खुलेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए। उनीहरूलाई आचरणविपरीत कार्य गरेकाले बर्खास्त गरिएको पौडेलले बताए।

कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो। कोर्ट अफ इन्क्वायरीले कार्कीसंगै महिला सैनिकको पनि आचरणमा गलत मनशाय देखिएको भन्दै दुवै जनालाई बर्खात गर्नुपर्ने निर्णय सुनाएको प्रवक्ता पौडेलले बताए। कार्की यौन दुर्व्यवहारमा बर्खास्तमा पर्ने पहिलो उच्च सैनिक अधिकृत भएको पनि पौडेलले जानकारी दिए।  

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 40 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २०, आईतवार २२:५३
  • 106 views
अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *