+
+
-- Sponsored Ad --

सैनिक दिवसकै दिन यौन दुर्व्यवहारको अभियोगमा सेनाका जर्नेल बर्खास्त

1,032 पटक हेरिएको
Clock २०७७ फाल्गुन २७, बिहीबार १५:१४
-- Sponsored --

काठमाडौं : सैनिक दिवसकै दिन नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की बर्खास्तमा परेका छन्। सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि कार्कीलाई बर्खात गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई मातहतमा कार्यरत महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ।

कार्कीमाथि संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिंदा दुर्व्यवहार गरेको अनुसन्धानमा खुलेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए। उनीहरूलाई आचरणविपरीत कार्य गरेकाले बर्खास्त गरिएको पौडेलले बताए।

कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो। कोर्ट अफ इन्क्वायरीले कार्कीसंगै महिला सैनिकको पनि आचरणमा गलत मनशाय देखिएको भन्दै दुवै जनालाई बर्खात गर्नुपर्ने निर्णय सुनाएको प्रवक्ता पौडेलले बताए। कार्की यौन दुर्व्यवहारमा बर्खास्तमा पर्ने पहिलो उच्च सैनिक अधिकृत भएको पनि पौडेलले जानकारी दिए।  

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win