+
+
-- Sponsored Ad --

साझा उम्मेदवार तय गर्न पौडेल समूहबाट सभापति आंकाक्षीहरुको बैठक बस्दै, होला त सहमति ?

400 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार १३:१७
-- Sponsored --

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार तय गर्नका लागि बैठक बस्दैछ ।

ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा आज दिउँसो बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आकांक्षी चार उम्मेद्वारबीच छलफल हुन लागेको हो ।

पौडेलपक्षबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षी देखिएका छन् ।

एउटै उम्मेदवार तय गर्नका लागि पौडेल समूहले पटक-पटक छलफल गरेपनि एउटै उम्मेदवार तय गर्न सकेको छैन।

यसअघि पनि बस्नेतकै पहलमा पौडेल समूहका नेताहरु सभापतिमा साझा उम्मेदवार तय गर्न बैठक बसेका थिए । पौडेल समूहका चार उम्मेदवारमध्ये रामचन्द्र पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजय भएपछि फेरि एकपल्ट सभापति हुन पाउनुपर्ने भन्दै आउनु भएकाे छ ।

त्यस्तै महामन्त्री कोइरालाले आफू महामन्त्री भएपछि सभापति हुनुपर्ने र वर्तमान सभापति देउवालाई हराउन आफू योग्य रहेको सञ्चारमाधयममा बताउँदै आउनुभएको छ ।

यता डा. शेखर १३ औं महाधिवेशन लगतै सभापतिको उम्मेदवार भन्दै देश दौडाहामा निस्किनुभएको थियो । उहाँको तल्लो तहका कार्यकर्तासँग निकै राम्रो सम्बन्ध छ ।

त्यस्तै प्रकाशमान सिंह आफू उपसभापति भैसकेको र अबको नेचुरल क्यान्डिडेट आफू नै भएको दावी गर्नुभएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win