Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
बाढीले कावासोती खानेपानीमा तीन करोड बढीको क्षति, क्षतिको निरीक्षण बाढीले कावासोती खानेपानीमा तीन करोड बढीको क्षति, क्षतिको निरीक्षण - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

बाढीले कावासोती खानेपानीमा तीन करोड बढीको क्षति, क्षतिको निरीक्षण

425 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार २०:३७
-- Sponsored --
कावासोती, भदौ १६ ।। कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानीको पाईपलाईनमा पुगेको क्षतिको आज निरीक्षण गरिएको छ । सासंद तिलक महत, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्य, कावासोती खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भिमलाल कँडेल, पूर्व अध्यक्ष विष्णुप्रसाद भुसाल, शिवप्रसाद भट्टराई, खानेपानीका पदाधिकारी सहितको टोलीले केरुङ्गे खोलामा आएको बाढीले बाढीले पुर्याएको क्षतिको निरीक्षण गरेको हो ।
 
गत बिहीबार रातिदेखि लगातार चार दिनसम्म वर्षा हुँदा केरुङ्गे खोलामा आएको बाढीले खानेपानीको करिब १५ सय मिटर पाइप बगाएको छ । बगाएका केही पाइप संकलन समेत गरिएको छ । पछिल्लो पटक आएको बाढीका कारण करिब २ करोड १६ लाख रुपैयाँ बराबरको क्षति पुगेको खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कँडेलले बताउनुभयो ।
 
खानेपानीको पाइप बगाएपछि करिब २ हजार धारामा पानी पुर्याउन समस्या भएको छ । कावासोतीका बिभिन्न वडामा खानेपानीको समस्या भएको अध्यक्ष कँडेलले बताउनुभयो । खानेपानीको समस्या उत्पन्न भएपछि कावासोती ८ मा रहेको बोरिङ्गको पानी राजमार्गदेखि उत्तरको क्षेत्रमा वितरणको प्रयास गरिएको उहाँले बताउनुभयो ।
हात्तीखोर नजिक मुहान देखी तल्लो क्षेत्रको पाइप बगाएपछि फिल्टर ट्याङ्की नजिक रहेको मुहान व्यवस्थापन गरि पानी फिल्टर ट्याङ्कीमा पठाइएको छ । तर पानीको मात्रा भने निक्कै कम रहेको अध्यक्ष कँडेलले बताउनुभयो । यसले मात्रै पानीको माग पुरागर्नभने समस्या रहेको छ ।
चाँडै कोइलापानीको मुहानबाट धेरै भएर बाहिर गएको पानीलाई लिफ्टिङ्ग गरि रिजर्भ ट्याङ्कीमा पठाइने अध्यक्ष कँडेलले बताउनुभयो । बाढीले खानेपानीमा क्षति पुर्याएको भएपनि उपभोक्तालाई पानीको समस्या हुन नदिन आफूहरूले बिभिन्न विकल्पमा प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
यस अघि समेत केरुङ्गे खोलाको मुहान देखी केही तलको पाइप बाढीले बगाएपछि अस्थाई मर्मत गरि पानी बितरण गरिएको थियो । त्यतिबेला करिब ८७ लाख बराबरको क्षति पुगेको अध्यक्ष कँडेलले बताउनुभयो ।
यही वर्षाको समयमा दुई पटक गरि करिब तीन करोड तीन लाख बराबरको क्षति भएको छ । पाइप बगाएको ठाउँमा स्थायी व्यवस्थापन छ । त्यसका लागि केही समय लाग्ने उहाँले बताउनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win