+
+
-- Sponsored Ad --

गण्डकीमा थप २३५ जनामा काेराेना संक्रमण पुष्टि

407 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार २३:४४
-- Sponsored --

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७३ जना पुरुष तथा ७४ जना महिला गरी १४७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९९७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ । कास्कीका १४७ सहित म्याग्दीका २ जना, पर्वतका २ जना, लमजुङका २५ जना, तनहुँका १३ जना, बाग्लुङका २ जना, स्याङ्जाका २८ जना र नवलपुरका १६ जना गरी प्रदेशका ८ जिल्लामा १२२ पुरुष तथा ११३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ८१० पुगेको छ। पछिल्लो २४ घण्टामा २८८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ३१० पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०० पुगेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win