गम्भिर दुर्घटना हुनबाट बच्यो वुद्ध एअरको जहाज ,यस्तोे छ आकस्मिक अवतरणको रहस्य ।

  • समाचार
  • २०७८ श्रावण १२, मंगलवार ०७:१८

१२ साउन, काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् ।

धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे  विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए ।

त्यसपछि जहाज विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ ।

साथै साँझ ७ बजे बुद्धको अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फिर्ता गरेका हुन् । सो जहाज उनलाई काठमाडौं झारेर पुनः नेपालगन्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *