+
+
-- Sponsored Ad --

आजपनी प्रदेश १‚ बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना ।

442 पटक हेरिएको
Clock २०७८ भाद्र १९, शनिबार ०८:१४
-- Sponsored --

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने सम्भावना रहेका छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार शनिबार बिहान प्रदेश १ र सुदूरपश्चिमका विभिन्न स्थानमा पानी परिरहेको छ। अन्य प्रदेशको मौसम सफा रहेको छ। काठमाडौं उपत्यकाको मौसम पनि सफा रहेको मौसमिवद् शाक्यले जानकारी दिइन्।

शनिबार दिउँसो प्रदेश १‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम पूर्ण बदली रही विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ। प्रदेश १ र गण्डकीका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षा हुने महाशाखाको पूर्वानुमान छ। राति काठमाडौं उपत्यकाका केही स्थानमा पनि भीषण वर्षा हुने मौसमविद् शाक्यले जनाकारी दिइन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win