+
+
-- Sponsored Ad --

संसदमा एमालेको अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

374 पटक हेरिएको
Clock २०७८ भाद्र २७, आईतवार १७:५८
-- Sponsored --

काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भदौ २८ गते सोमबार साढे २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र प्रमुखहररुसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सभामुखले आह्‍वान गर्नुभएको हो ।

एमाले सांसदले निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । एमालेले २३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न सभामुखले आग्रह गर्नुभएको छ ।

एमालेको अवरोधपछि मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ । सोही विषयमा छलफलको लागि सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win