+
+
-- Sponsored Ad --

समाचार सकंलनमा पुगेका पत्रकारमाथि भएको दुर्व्यवहार प्रति सुरक्षा व्यस्थामा प्रश्न

341 पटक हेरिएको
Clock २०७८ भाद्र २८, सोमबार २३:०९
-- Sponsored --

नेपाल पत्रकार महासंघ कास्कीले जिल्ला प्रहरी कार्यालय, कास्कीको गेट अगाडि नै पत्रकार माथि हातपात र दुर्व्यवहार भएको घटनाले सुरक्षा व्यस्थामा प्रश्न उब्जाएको जनाएको छ । भदौ २७ गते आइतबार लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार सकंलनमा पुगेका पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाप्रति पत्रकार महासंघ कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रहरी कार्यालय अगाडि पत्रकार माथि हातपात हुनु र घटनामा संलग्नलाई तारिखमा छाडिनुले सुरक्षा व्यस्थामा प्रश्न उब्जिएको जनाएको हो ।

महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात हुनु र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरे माथि दुर्व्यवहार हुनु प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको पत्रकार महासंघ कास्कीले ठहर गरेको छ । महासंघ कास्कीका सचिव माधवप्रसाद बरालले सोमबार एक विज्ञप्ति जारी गर्दै जागिर लगाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार सकंलनमा पुगेका पत्रकार अधिकारीले भिडियो र फोटो खिचिरहेको बेलामा ठगी काण्डमा पीडित भन्नेहरूले पत्रकारमाथि आक्रोश पोखेर मोबाइल खोस्दै हातपात गरेको घटनाको महासंघ निन्दा र भर्त्सना गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘अधिकारीमाथि भएको आक्रमण र घिमिरेलाई गरिएको दुव्र्यवहार प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर पत्रकार महासंघ कास्कीको छ । घटनामा संलग्न दोषी पोखरा ७ मासबार बस्ने युवराज लामा र पोखरा २७ तालचोक बस्ने नवराज शर्मालाई कानुनी कारबाही गर्न पत्रकार महासंघ जोडदार माग गर्दछ ।’ जनताको सुरक्षामा २४ घण्टा खटिने प्रहरीकै कार्यालय अगाडि पत्रकारमाथि हातपात भएको भन्दै पत्रकारलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायको पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार माथि भएको दुर्व्यवहार र धम्कीको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ । विज्ञप्तीमा थप भएिको छ – ‘उनीहरुले पत्रकार अधिकारीले प्रयोग गरेका सञ्चार सामग्री समेत नियन्त्रणमा लिँदै खिचिएका र लेखिएका सामग्री नष्ट गरेका थिए । यसरी पत्रकार माथी आक्रमण गरिनु, सञ्चार सामग्री नियन्त्रणमा लिँदै सामग्री नष्ट गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु प्रेस स्वतन्त्रा विरोधी काम भएको हाम्रो ठहर छ ।

पत्रकार र उनीहरुको पेशा प्रति नै हातोत्साहित बनाउन खोज्ने यस किसिमका आक्रमण र धम्कीको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति निन्दा सहित भर्त्सना गर्दछ । र, यस घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग गर्दछ ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win