0 प्रतिक्रिया
ब्राउनसुगरसहित दुई युवक पक्राउ
कास्की प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । पोखरा ६ हल्लनचोकका २३ वर्षीय प्रशान्त परियार र पोखरा – ०१ सिमपानी का २० वर्षीय अश्विन गुरुङ आइतबार ब्राउनसुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आइबार साँझ ५ बजे पोखरा १७ बिरौटाबाट सात सय मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट दुई थान मोबाइल समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरु उपर जिल्ला अदालतबाट पन्ध्र दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले उल्लेख गरेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



