+
+
-- Sponsored Ad --

सुनको मूल्य एकैदिन १४ सयले घट्यो

411 पटक हेरिएको
Clock २०७८ आश्विन १, शुक्रबार १७:२०
-- Sponsored --

काठमाडौं, असोज १ । शुक्रबार एकैदिन सुनको मूल्य १४ सयले ओरालो लागेको छ ।

बिहीबार ९० हजार ५ सयमा कारोबार भएको सुनकोे मूल्य शुक्रबार एकैदिन तोलामा १ हजार ४ सयले कमी आई ८९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताभरमा सुनको मूल्य १ हजार ६ सयले कमी आएको छ । यस्तै आजै चाँदीको मूल्यमा पनि कमी आएको छ ।

बिहीबार १ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्यमा आज तोलामा ३० रुपैयाँले कमी आएकोे हो ।

शुक्रबार चाँदी तोलामा १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा पनि सुनको मूल्य ओरालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स १७ सय ६५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win