+
+
-- Sponsored Ad --

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना

405 पटक हेरिएको
Clock २०७८ आश्विन २, शनिबार २२:५८
-- Sponsored --

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले जानकारी दिनुभएकाे छ। दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

मध्यम घाइते भएका ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ। तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win