+
+
-- Sponsored Ad --

पाँच महिनानापछि पाराग्लाईडिङ खुला हुँदै

587 पटक हेरिएको
Clock २०७८ आश्विन १०, आईतवार १०:५४
-- Sponsored --

काठमाडौ । कोरोना संक्रमणका कारण पोखरामा ५ महिनानादेखि रोकिएको पाराग्लाइडिङ उडान खुला गर्ने तयारी गरिएको छ ।

उडानका लागि सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नेपाल हवाइ खेलकुद संस्था, पोखराले जनाएको छ ।

 

उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । हाल पोखरामा पाराग्लाइडिङका ६० कम्पनी छन् भने ३५० पाइलट छन् ।

जसमध्ये १५ जना विदेशी पारापाइलट रहेका छन् । पोखरामा मात्र पाराग्लाइडिङमा झण्डै १ अर्ब रुपैयाँ लगानी छ । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै पाराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छूट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win