चैत ५ पछि कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणले मूर्त रूप पाउँछ : माओवादी नेता पुन
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउने बताउनुभएको छ ।
मङ्गलवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीचको सत्ता समीकरणले मूर्त रूप पाउने बताउनुभएको हो ।
तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘५ गते जसपाको बैठक छ । उहाँहरूको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रूप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ किन भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढङ्गले आन्दोलन गरेको सन्दर्भमा र संसद् पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’
नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको