+
+
-- Sponsored Ad --

साँच्चिनै नेपालको विामानस्थलबाट हात्ती छिराईदिए (क्विन्टल बढि सुन : संसदमा खैलाबैला)

291 पटक हेरिएको
Clock २०८० श्रावण ४, बिहीबार १६:०३
sun ladai
-- Sponsored --

साउन ४, काठमाण्डौ : एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ । यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

चार्ल्स सोभराजले भित्रुभव विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउने गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको बताउँछन् नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी ।

3 samsad

बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको बताए ।

‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ’ नेता रायमाझी थप्छन्, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन रु ?

sun ladai22

भन्सारका कर्मचारीहरुको भूमिमा यस्तो कार्यमा शंकास्पद रहेको उनको आरोप छ । ‘त्यहाँको पुलिस के गरिरहेको थियो रु आमीलाई लाज हुन्छ कि हुँदैन रु’ उनी थप्छन्, ‘भन्सारको मिलेमत्तोबिना हुन्छ रु पुलिसको मिलेमत्तोबिना सम्भव हुन्छ यो चीज रु’ मुलुकलाई अपराधको क्रिडाथलो बन्नबाट सरकारले जोगाउनुपर्ने र त्यसका लागि संलग्नमाथि कारबाही हुनुपर्ने बताए ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले १०० किलो सुन अवैध रुपमा भित्रिएकोबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

‘हाम्रो देशमा तस्करहरुले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ’ उनी भन्छन्, ‘पावरमा भएकाहरु जोडिदा समेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।’

सुन भित्र्याउँदा मोटर साइकल र स्कुटरको ‘ब्रेक शू’भनेर भन्सार छलि भएको र एक, डेढ महिनामा यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको उल्लेख गर्दै उनले भने, ‘अब निष्पक्ष छानबन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

जनता समाजवादी पार्टी ९जसपा०का सांसद मोहम्मद खालिदले एक अर्बको सुन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र आउँछ भने बाहिर पनि जान सक्ने भन्दै प्रश्न उठाए ।

त्रिभुवन विमानस्थलमा जुन सरकार आएपनि करारमा आफ्ना मान्छे राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले अवैध सुन आयातमा राजनीतिक संलग्नता रहेको हुन सक्ने आशंका गरे ।

त्रिभुवन विमानस्थलमा आवश्यक भन्दा बढी कर्मचारी समेत रहेको उनले बताए । प्रयाप्त कर्मचारी हुँदा समेत अवैध सुन आयात हुनुले नेपालको शान्ति सुरक्षामा प्रश्न उठाएको बताए ।

तथापि, अवैध सुन बरामद हुनुले सबैतिर मिलाए पनि कतै न कतैबाट अपराध बाहिर आउँछ भन्ने समेत पुष्टि भएको उनले बताए ।

‘बाहिर ९त्रिभुवन मिानस्थल बाहिर० आएर पनि केही राष्ट्रसेवकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो । यसको अर्थ(धेरै आखाँ बन्द छन् तर, केही कम्तिमा आखाँ खुला छन्’ जसपाका सांसद खालिदले विशेष समय लिएर भने ।

झण्डै एक क्वीन्टल सुनको तौल लिन अहिले राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ। सशस्त्र प्रहरीको कडा सुरक्षाका बीच सुन टक्सार विभाग बबरमहल पुर्याइएको हो। हिजो राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सुन बरामद भएको थियाे।   राजस्व अनुसन्धान विभागले विशेष अपरेशन चलाएर सुन बरामद गरेको थियो। सुन ओसारपसारमा संलग्न एजेन्टसहित ६ जना पनि पक्राउ परेका छन्। उक्त सुन प्रकरण बाहिरिएपछि व्यवसायी दीपक मलहोत्राले आजै पत्रकार सम्मेलन गरी १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन्।

सुन प्रकरणमा भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ । समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win