0 प्रतिक्रिया
सावधानः मौसमी फ्लु र कोरोनाले झुक्याउँदैछ बिरामी
२५ असोज, काठमाडौं । कौशलटारकी ४७ वर्षीया सावित्री पौडेल ज्वरो आउने, खोकी लाग्ने र शारीरिक रुपमा कमजोर महशुस भएको तीन दिन घरमै आराम गरिन् । तर ज्वरो घटेन, बरू खोकी बढेर सास फेर्न असहज भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगिन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले चिकित्सकले उनलाई एण्टिबायोटिक औषधि दिए भने पीसीआर परीक्षण र छातीको एक्स रे गराए । भोलिपल्ट रिपोर्ट आउँदा कोरोना नेगेटिभ देखियो र छातीमा पनि खराबी देखिएन । एक साता आराम गरेपछि उनी निको भइन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यस्तै लक्षण लिएर पुग्ने बिरामी बढेको निर्देशक अनुप बास्तोला बताउँछन् । उनका अनुसार पछिल्लो चार महिनामा टेकु अस्पतालमा कोरोनाजस्तै लक्षण देखिएका बिरामी बढेका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



