आजदेखि टी-२० विश्वकप शुरू ।

आजदेखि टी-२० विश्वकप २०२१ सुरु हुँदैछ।

आगामी १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपमा आजदेखि पहिलो चरणका खेल हुन लागेका हुन्। 

पहिलो चरणको खेलअन्तर्गत आज पहिलो खेल ओमान र पपुवा न्युगिनीबीच हुँदैछ। ओमानको अल अमरेत रंगशालामा हुने खेल दिउँसो पौने चार बजे सुरू हुनेछ।

आजै बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। राति पौने आठ बजे सुरु हुने यो खेल पनि अल अमरेतमै हुनेछ।

टी-२० विश्वकप २०२१ मा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। 

जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्।  

सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।

‍पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।

पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।

जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्। 

२४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ।

सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्। 

समूह-१ मा इंग्ल्यान्ड,  अस्ट्रेलिया,  दक्षिण अफ्रिका,  वेस्ट इन्डिज,  समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।

प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।

प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।

पहिलो चरण
समूह ए :  श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया 
समूह बी :  बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान 

सुपर-१२
समूह १ :  इंग्ल्यान्ड,  अस्ट्रेलिया,  दक्षिण अफ्रिका,  वेस्ट इन्डिज,  समूह ए विजेता, समूह बी उपविजेता
समूह २ :  भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार २१:०६
    • 74 views
    नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

    कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार ११:१५
    • 23 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *