+
+
-- Sponsored Ad --

बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकियो

375 पटक हेरिएको
Clock २०७९ असार २५, शनिबार १६:२९
-- Sponsored --

काठमाडौं । बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकिएको छ ।

प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टरमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा धेरै काठमाडौंमा ८० प्रतिशत र कम धादिङमा ११ प्रतिशत रोपाइँ भएको छ ।

बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर छ । उक्त जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको मन्त्रालयले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win