+
+
-- Sponsored Ad --

एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक पछि धकेलिदै

344 पटक हेरिएको
Clock २०७८ कार्तिक २, मंगलवार १४:५९
-- Sponsored --

कात्तिक २, काठमाडौं ।।

९ कात्तिकको लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको मिति सर्ने भएको छ। एमालेको आग्रहमा बैठक सार्ने तयारी गरिएको हो।

एमाले सांसद खगराज अधिकारी लगायतका नेताहरुले आइतबार संसद सचिवालयमा बैठक सार्न आग्रह गरेको पत्र दर्ता गराएका थिए । 

सांसद अधिकारीका अनुसार ९ कात्तिकमा एमालेको पालिका अधिवेशन छ। त्यसैले, ९ कात्तिकको दिउँसो १ बजे डाकिएको बैठक कम्तीमा केही दिन पर धकेलिने भएको हो ।

स्मरण रहोस्, एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ। हालसम्म एमालेले १० वटा बैठक अवरुद्ध गरिसकेको छ। सभामुख अग्नि सापकोटालगायत अन्य सत्तारुढ दलले एमालेलाई फकाउने प्रयास जारी राखेका छन् । एजेन्सी ।।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win