+
+
-- Sponsored Ad --

कारबाही प्रक्रिया किन ढिलो गरेको हो, – योगेश भट्टराई प्रधानमन्त्रिलाइ प्रस्न :

737 पटक हेरिएको
Clock २०७७ चैत्र ६, शुक्रबार ०१:१३
-- Sponsored --

काठमाडौं । नेकपा एमालेका प्रचार विभागका प्रमुख योगश भट्टराईले प्रधानमन्त्रीले आफूहरूलाई कारबाही गर्ने प्रक्रिया ढिला गरेकोमा अचम्म मान्नुभएको छ ।

बिहीबार माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलापछि पत्रकारसँग कुरा गर्दै उहाँले आफूहरूलाई कारबाही गर्न अध्यक्ष केपी शर्मा ओली हिच्किचाएको देख्दा अचम्म लागेको बताउनुभयो ।

‘उहाँले हामीलाई कारबाही गर्ने प्रक्रिया किन यति ढिलो गरिरहनुभएको छ, छक्क परेका छौं हामी,’ उहाँले भन्नभुयो, ‘छिटो गर्नुस् भनेको खोइ, किन एकदम ढिला गर्नुभएको हो ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरितका गतिविधि गर्नेलाई कारबाही गर्ने भन्दै आउनुृभएको छ । उहाँले बिहीबार नै संसदीय दलको बैठकमा अनुशासनको कारबाही गर्नको लागि संसदीय बोर्ड गर्नुभएको छ । बोर्डको नेतृत्व ओलीले नै गर्नुभएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win