+
+
-- Sponsored Ad --

बैंकहरूले बचतमा ब्याजदर धेरै बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, बुधबार नयाँ ब्याजदर कायम गर्न निर्देशन

360 पटक हेरिएको
Clock २०७८ कार्तिक ३, बुधबार ११:३२
-- Sponsored --

कात्तिक ३,

बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक १ गतेबाट बचतमा लागू गरेको ब्याजदर नेपाल राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले मंगलबार राती तीन बुँदे निर्देशन जारी गर्दै बैंकहरूको ब्याजदरमा हस्तक्षेप गरेको हो।

कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले बचत र मुद्दतीमा ब्याजदर बढाएका थिए। केही बैंकले व्यक्तिगत र संस्थागततर्फ मुद्दतीमा ब्याजदर ११ प्रतिशतभन्दा बढी बनाएका थिए। त्यसैले राष्ट्र बैंकले मंगलबार राती निर्देशन जारी गर्दै ब्याजदरमा कडाइ गरेको हो।

जारी निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले जुनसुकै प्रकारको निक्षेपको ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदरको बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न सक्नेछन्।

अर्थात् अब बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाको ब्याजदरका आधारमा नयाँ ब्याजदर (कात्तिकका लागि) निर्धारण गर्नुपर्नेछ। असोजको ब्याजदरको १० प्रतिशतभन्दा तलमाथि गर्न पाइने छैन। 

त्यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत) मा दिइने ब्याजदर सर्वसाधारणलाई मुद्दती बचतमा दिइने अधिकतम ब्याजदर भन्दा कम्तीमा एक प्रतिशतले कम हुनुपर्नेछ।  

बैंक तथा वित्तीय संस्थाहरूको कात्तिकका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरी कात्तिक ३ गते, बुधबारभित्र नयाँ ब्याजदर आफ्नो वेबसाइटमा सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। 

त्यस्तै नयाँ ब्याजदर कात्तिक ५ गतेभित्र पत्रपत्रिकामा पनि प्रकाशित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win