नाम बदल्दै फेसबुक,

४ कात्तिक, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।

सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो ।

यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्ने बताइएको छ । त्यो सँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ ।

तत् पश्चात् मातृ कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रडक्टहरुसँगै सोसल साइट फेसबुकको एप पनि रहनेछ ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ ।

साथै फेसबुकले आफुलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहन्छ ।

फेसबुकले पछिल्लो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ । फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने कम्पनीका प्रवक्ताको भनाई छ ।

स्मरण रहोस् आफ्नो कम्पनी नाम परिवर्तन गर्ने फेसबुक मात्र पहिलो कम्पनी चाहीँ होइन । गुगलले सन् २०१५ मै मातृ कम्पनीको रुपमा अल्फाबेट खडा गरी सोही मातहत रहेको छ । त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफुलाई स्नाप इंकको रुपमा रिब्राण्ड गरेको थियो ।

एजेन्सीको सहयोगमा

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १६:१०
    • 107 views
    इन्टरनेट प्रयोग गर्नुहुन्छ ? यी ५ काम अवश्य गर्नुहोस्

    स्टाटिस्टाको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब २२ करोड रहेको छ। जस अनुसार विश्वमा हरेक १०० सय जनामा करिब ६८ जनाले इन्टरनेट चलाउँछन् । यी मध्ये ५…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १६:०६
    • 89 views
    गुगलमा सेभ भएका फोन नम्बर कसरी सच्याउने, कसरी हटाउने ?

    आफ्नो सम्पर्कमा रहेका सयौं व्यक्तिहरुको फोन नम्बर, इमेल लगायतका विवरणहरु राम्रोसँग व्यवस्थित तरिकाले राख्ने काम वास्तवमै एउटा कला हो । यसले हाम्रो कामलाई सहज बनाउनुका साथै खोजेको बेला सम्बन्धित व्यक्तिको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *