+
+
-- Sponsored Ad --

सिके राउतका कार्यकर्ताद्वारा जनकपुरमा खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर नगर परिक्रमा

396 पटक हेरिएको
Clock २०७८ कार्तिक ४, बिहीबार १६:४१
-- Sponsored --

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गुण्डागर्दी शैलीमा नेपाल खानेपानी संस्थान जनकपुर शाखाका निमित प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर परिक्रमा गराएका छन् ।

बिहीबार दिउँसो खानेपानीको काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले रामानन्द चौकस्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गरेका हुन् । साथै उनीहरूले अर्धनग्न बनाएर जुलुससहित निमित प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौंदेखि बाटो भत्काएका कारण आवागमनमा समस्या भएपछि कार्यालय प्रमुखलाई नगर परिक्रमा गराइएको जनमत पार्टीका सचिव इन्द्रजीत यादवले जानकारी दिनुभयो । आफूले कार्यालय प्रमुखलाई खबरदारी गरेको उहाँको भनाइ छ ।

बाटो ग्राभेलको माग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उप–महानगरपालिकामा तोडफोड समेत गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win