+
+
-- Sponsored Ad --

प्राकृतिक चिकित्सालय कोभिड अस्पताल बन्ने पक्का, मंगलबार अफ्रिकाबाट अक्सीजन सिलिण्डर सहयोग

1,515 पटक हेरिएको
Clock २०७८ जेष्ठ ४, मंगलवार १२:२०
-- Sponsored --

 देवचुली,माधब सुबेदी

देवचुली नगरपालिका वडा नं १६ रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अफ्रिकाबाट १० थान अक्सीजन सिलिण्डर सहयोग प्राप्त भएको छ । एन. आर. एन .ए मोजाम्बिक अफ्रिकाबाट आमृभूमीमा अक्सिजन आपूर्तीका लागि सहयोग अन्तरर्गत १० थान अक्सीजन सिलिण्डर हस्तान्त्रण गरिएको हो । देवचुली १७ गैरीपुर बस्ने हाल रोजगारीको शिलशिलामा अफ्रिका रहनुभएकी र एन. आर. एन. ए मोजाम्बिककी अध्यक्ष देवी पौडेलको पहलमा देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले प्राकृतिक चिकित्सालयलाई सो सिलिण्डर हस्तान्तरण गर्नुभएको थियो ।

No description available.

अफ्रिकामा रोजगारी गरिरहनुभएकी पौडेलले उपलव्ध गराएको अक्सिजन सिलिण्डर सङ्क्रमित र अन्य कारणले ज्यान जोखिममा रहेका बिरामीका लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।उहाँले सहयोग गर्नुहुने अफ्रिकाका संयोजक रोशन थापा, नाइजेरियाका हिकमत थापा, कंगो एन. आर .एन .ए का अध्यक्ष अमृत क्षेत्री लगाएत सम्पुर्ण एन. सि. सि का मित्रहरु वन्दना प्रजापती, वासुदेव घिमिरे, राजकुमार पाल्पाली वस्याल, प्रभा वस्याल लगाएत नेपाल र नेपालीलार्इ माया गर्ने सम्पुर्ण विदेशी साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीले सहयोग गर्नुहुने सम्पूर्ण नेपाली प्रति धन्यवाद ज्ञापन गर्दै सहयोग आएका अक्सिजन सिलिण्डरहरु जटिल सङ्क्रमितलाई जोगाउन लागि प्रयोग गरिने बताउनुभयो । पहिलो चरणको कोरोना कहरमा देश विदेश मै उच्च स्थान हासील गर्न सफल सामुदायिक प्राकृतिक चिकित्सालय फेरी पनि दोस्रो चरणको महामारी संग जुध्न तयार रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win