+
+
-- Sponsored Ad --

सर्लाहीका सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि….

315 पटक हेरिएको
Clock २०७८ कार्तिक ४, बिहीबार १९:५२
-- Sponsored --

काठमाडौं , ४ कात्तिक  

जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । विशेषत दसैँतिहारमा जुवातास खेल्ने क्रम बढ्ने गर्छ । यसलाई नियन्त्रण गर्न प्रहरीले गस्ती गर्ने गर्छन् ।

तर , सर्लाहीमा आफ्नो पदीय दायित्वलाई बेवास्ता गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर तथा सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत उच्च अधिकारी सार्वजनिकस्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ । 

जिल्लाको प्रमुख निकायमा रहेर शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ, एसपीद्वय तासमा तल्लिन भिडियो समाजिक सञ्जालमा सार्वजानिक भएपछि विभिन्न प्रकारका टिकाटिप्पणी भइरहेका छन् ।

दसैँको माहोलमा सार्वजनिक चौरमा जिल्लाका प्रमुख पदीय दायित्वमा रहेकाहरूले गरेको हर्कतले आम मानिस निरास छन् । यसविषयमा सीडीओ र एसपी राठौरलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन्  । 

 

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win