२३ वर्षीय युवतीले जन्माइन् ११ बच्चा

मस्को । रुसकी २३ वर्षकी एक युवतीलाई बच्चा जन्माउने लत लागेको छ । उनले अहिलेसम्म ११ बच्चा जन्माइसकेकी छिन् ।

उनी एक सय बच्चा जन्माउन चाहन्छिन् । रुसकी २३ वर्षकी क्रिस्टिना ओज्टर्कले अहिले नै ११ बच्चाको पालन पोषण गरिरहेकी छिन् । क्रिस्टिनाले बताएअनुसार उनले ६ वर्ष पहिले छोरी जन्माएकी थिइन् । त्यसपछि बाँकी सन्तान उनले सेरोगेसीको माध्यमबाट जन्माएकी हुन् ।

यी सबै सन्तानहरू उनकै जेनेटिक्सका हुन् । उनले आफूहरूले कैयौं बच्चा जन्माउन चाहेको बताएकी छिन् । यो उच्च वर्गीय दम्पतिले सामाजिक संजालमा गरेको एक पोस्टमा आफूहरूले १०५ बच्चा चाहेको बताएका थिए ।

त्यसपछि उनीहरूको यो पोस्ट भाइरल भएको थियो । क्रिस्टिनाले भने यस विषयमा कुरा गर्दै भनिन्, ‘संख्यालाई लिएर हामी पूर्ण रुपमा आश्वस्त छैनौं । यो निश्चित हो कि हामी ११ मा रोकिनेवाला छैनौं ।’

अहिलेसम्म आफूहरूले अन्तिम संख्या निश्चित गर्न नसकेको बताउँदै क्रिस्टिनाले भनिन्, ‘मलाई लाग्छ हरेक कुराको एउटा समय हुन्छ । हामीले त्यही हिसाबमा सबै कुरा सोच्नु पर्छ ।’

यो परिवार जर्जियाको बातुमी शहरमा बस्छन् । सेरोगेसी गैरकानूनी छैन । सेरोगेट महिलाहरूलाई गर्भवती हुनको लागि प्रयोग गर्न कुनै आपत्ति छैन ।

सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने पूरै प्रक्रियाको मूल्य लगभग ८ हजार युरो (११ लाख २८ हजार रुपियाँ) पर्छ ।

यो परिवारले १०० बच्चा चाहन्छन् भने त्यसको लागि उनीहरूले ११ करोड २८ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । क्रिस्टिनाका अनुसार बातुमीमा उनीहरू जुन क्लिनिकमा सेरोगेसीका लागि जान्छन् ।

त्यो क्लिनिकले नै उनीहरूको लागि सेरोगेट महिला खोजिदिन्छ र यो पूरै प्रक्रियाको जिम्मेवारी क्लिनिकको हुन्छ । क्रिस्टिनाको परिवार व्यक्तिगत रुपमा ती महिलाहरूसँग सम्पर्कमा हुँदैन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १३, आईतवार २२:०४
    • 93 views
    अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

    कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 76 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *