
नवलपुर, कार्तिक ६ ।माधव सुवेदी,
देवचुलीमा जारी एमाले वडा अधिबेशन अन्तर्गत केही वडामा नेतृत्व चयन भएका छन् ।
वडा नं. ३ को अधिबेशन आजलाई स्थगित भएको छ भने वाँकी वडाहरुमा अधिबेशन भईरहेको देवचुली एमालेले जनाएको छ ।
वडा नं. ३ मा सर्वसम्मत नभएपछि अधिबेशन स्थगित गरी सर्वसम्मतको कसरत चलिरहेको देवचुली ईन्चार्ज मुक्तिराम पाण्डेले बताए ।
देवचुली ईन्चार्ज पाण्डेका अनुसार वडा नं. १३ मा अध्यक्षका प्रत्यासी २ जना भएपछि आन्तरिक निर्वाचनबाट राजेश रसाईली अध्यक्षमा निर्वाचित भएका छन् ।
यहाँ ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
वडा नं. ७ मा ढकलाल काफ्लेको अध्यक्षतामा ३१ सदस्यीय, १० मा रुक्मागत भुसालको अध्यक्षतामा २९ सदस्यीय, ११ मा हुमकान्त सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
यस्तै, वडा नं. ६ मा पुरन सोमै, १६ मा लालप्रसाद अधिकारी, १७ मा सुनिता लम्साल, ५ मा ठाकुर पोख्रेल र ४ मा टेक बहादुर दर्लामी, ९ मा रामप्रसाद पन्त, १२ मा सीता भुसाल, १४ मा रामेश्वर हमालको अध्यक्षतामा वडा कमिटि गठन भएको देवचुली नगर कमिटिका सचिव डिलाराम पाण्डेले जानकारी दिए ।
देवचुली ५ मा ठाकुर पोख्रेलको अध्यक्षतामा वार्ड कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा धन बहादुर बिक , सचिवमा शुसिल चापागाईं , उप सचिवमा मसा सोमै र मिना नेपाली साथै बाबी २६ समितिमा ४१ वडा कमिटीमा सर्वसम्मत चयन हुनुभएका हुन । यसैगरी वडा अधिवेशनले ४१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । सोहि अधिवेशन बाट ९ गते हुने नगर अधिवेशनका लागि १७ जना निर्विरोध निर्वाचित भएकाहरु सहभागि हुने भएका छन् । २ वडामा भने हुन बाकी रहेको छ ।
अहिलेसम्म प्राप्त ताजा सुचना अनुसार कावासोतीवडा नं १ बाट अध्यक्षमा श्याम राना चयन हुनुभएको छ । त्यसैगरी वडा नं ३ बाट अध्यक्षमा डोरमान गिरीचयन हुनुभएको छ ।
वडा नं २, ५, ९, ११, १४,१५,१६ को ताजा परिणाम आउन बाँकी रहेको बताइएको छ ।
त्यसैगरी वडा नं ६ बाट अध्यक्षमा उमेश राना, वडा नं ७ बाट अध्यक्षमा दुर्गा बहादुर, वडा नं ८ बाट अध्यक्षमा रेशम चापागाई, वडा नं १० बाट अध्यक्षमा टेकनारायण, वडा नं १२ बाट अध्यक्षमा चिन्तामणि शर्मा, वडा नं १३ बाट अध्यक्षमा जनक माकिम मगर र वडा नं १७ बाट अध्यक्षमा रामचन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
अन्य पदाधिकारी सहितको बिस्तृत विबरण भने आउन बाँकी रहेको छ ।