+
+
-- Sponsored Ad --

देवचुलीमा काे काे चुनिए एमालेकाे वडा अध्यक्ष

405 पटक हेरिएको
Clock २०७८ कार्तिक ६, शनिबार २३:०९
-- Sponsored --

नवलपुर, कार्तिक ६ ।माधव सुवेदी,

देवचुलीमा जारी एमाले वडा अधिबेशन अन्तर्गत केही वडामा नेतृत्व चयन भएका छन् ।

वडा नं. ३ को अधिबेशन आजलाई स्थगित भएको छ भने वाँकी वडाहरुमा अधिबेशन भईरहेको देवचुली एमालेले जनाएको छ ।

वडा नं. ३ मा सर्वसम्मत नभएपछि अधिबेशन स्थगित गरी सर्वसम्मतको कसरत चलिरहेको देवचुली ईन्चार्ज मुक्तिराम पाण्डेले बताए ।

देवचुली ईन्चार्ज पाण्डेका अनुसार वडा नं. १३ मा अध्यक्षका प्रत्यासी २ जना भएपछि आन्तरिक निर्वाचनबाट राजेश रसाईली अध्यक्षमा निर्वाचित भएका छन् ।

यहाँ ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

वडा नं. ७ मा ढकलाल काफ्लेको अध्यक्षतामा ३१ सदस्यीय, १० मा रुक्मागत भुसालको अध्यक्षतामा २९ सदस्यीय, ११ मा हुमकान्त सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

यस्तै, वडा नं. ६ मा पुरन सोमै, १६ मा लालप्रसाद अधिकारी, १७ मा सुनिता लम्साल, ५ मा ठाकुर पोख्रेल र ४ मा टेक बहादुर दर्लामी, ९ मा रामप्रसाद पन्त, १२ मा सीता भुसाल, १४ मा रामेश्वर हमालको अध्यक्षतामा वडा कमिटि गठन भएको देवचुली नगर कमिटिका सचिव डिलाराम पाण्डेले जानकारी दिए ।

देवचुली ५ मा ठाकुर पोख्रेलको अध्यक्षतामा वार्ड कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा धन बहादुर बिक , सचिवमा शुसिल चापागाईं , उप सचिवमा मसा सोमै र मिना नेपाली साथै बाबी २६ समितिमा ४१ वडा कमिटीमा सर्वसम्मत चयन हुनुभएका हुन । यसैगरी वडा अधिवेशनले ४१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । सोहि अधिवेशन बाट ९ गते हुने नगर अधिवेशनका लागि १७ जना निर्विरोध निर्वाचित भएकाहरु सहभागि हुने भएका छन् । २ वडामा भने हुन बाकी रहेको छ ।

 
देवचुली १३ मा राजेश रसाइलीको अध्यक्षतामा वार्ड कमिटी गठन गरिएको छ।कमिटीको उपाध्यक्षमा मिठु बिक , सचिवमा कृष्ण प्रसाद पौडेल , उप सचिवमा गोमा थापा सर्वसम्मत चयन हुनुभएको छ। यसैगरी वडा अधिवेशनले ३१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ। 
 
कावासोतीमा पनि विभिन्न वडाको वडा भेलाले केही वडाबाहेकका अधिकांश वडाको अध्यक्षको चयन
 
यता नेकपा एमाले कावासोतीको पनि विभिन्न वडाको वडा भेलाले केही वडाबाहेकका अधिकांश वडाको अध्यक्ष लगायत अन्य पदाधिकारीको सर्वसम्मत चयन गरेको छ ।
अहिलेसम्म प्राप्त ताजा सुचना अनुसार कावासोतीवडा नं १ बाट अध्यक्षमा श्याम राना चयन हुनुभएको छ । त्यसैगरी वडा नं ३ बाट अध्यक्षमा डोरमान गिरीचयन हुनुभएको छ ।
वडा नं २, ५, ९, ११, १४,१५,१६ को ताजा परिणाम आउन बाँकी रहेको बताइएको छ ।
त्यसैगरी वडा नं ६ बाट अध्यक्षमा उमेश राना, वडा नं ७ बाट अध्यक्षमा दुर्गा बहादुर, वडा नं ८ बाट अध्यक्षमा रेशम चापागाई, वडा नं १० बाट अध्यक्षमा टेकनारायण, वडा नं १२ बाट अध्यक्षमा चिन्तामणि शर्मा, वडा नं १३ बाट अध्यक्षमा जनक माकिम मगर र वडा नं १७ बाट अध्यक्षमा रामचन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
अन्य पदाधिकारी सहितको बिस्तृत विबरण भने आउन बाँकी रहेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win