0 प्रतिक्रिया
कोरोना कहर अपडेट : थपिए ७७६ संक्रमित, १३ जनाको मृत्यु
कात्तिक ८, काठमाडौं ।।
पछिल्लो २४ घन्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८६४ नमूना परीक्षणमध्ये ६७३ पीसीआर र १०३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३६१ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ५०१ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ ।
हाल मुलुकभर १० हजार ३६० सक्रिय संक्रमित छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



