जाडाेमा ताैल कम गर्न के गर्ने ?

काठमाडौं । कम तौल भएका मानिसहरुका लागि जाडो मौसम राम्रो हुन्छ । तर मोटोपना  भएका मानिसका लागि जाडो मौसम समस्या बन्न सक्छ । वास्तवमा जाडोमा दिन छोटो र रात लामो हुन्छ । यो अवस्थामा शारीरिक गतिविधि कम हुन्छ । जाडो मौसममा मानिसहरूले धेरै खानेकुरा खाने गर्छन् जसले गर्दा मोटोपना बढ्न जान्छ । 

मानिसको धेरैजसो समय घरभित्रै बित्छ, जसका कारण तौल बढ्ने समस्या हुन सक्छ । जाडोका अधिकांश खानेकुरामा उच्च कार्बोहाइड्रेट र मीठो चिज पनि प्रशस्त हुन्छ, जसका कारण तौल बढ्ने खतरा हुन्छ । यस्तो अवस्थामा सबैले आजभोलि खानपान र शारीरिक क्रियाकलापमा विशेष ध्यान दिनु आवश्यक छ, जसले गर्दा तौल नियन्त्रणमा राख्न सकिन्छ । जाडो मौसममा तौल नियन्त्रण गर्न कस्ता खानेकुरा खाने त !

दलिया र ओखर : दलिया र ओखरलाई एक साथ मिलाएर खाने गरेमा पनि यसले तौल नियन्त्रण गर्न र घटाउनलाई मद्दत गर्छ । दलिया धेरै नै हलुका खानेकुरा मानिन्छ । यसमा फाइवरको मात्रा प्रचुर हुने गर्छ । यसको सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । यस्तै ओखरमा पनि धेरै किसिमका पोषक तत्त्वहरू रहेको हुन्छ । यसमा रहेको पोषक तत्त्वले तौल घटाउन मद्दत गर्छ । त्यसैले मोटोपन भएको व्यक्तिले नियमित दलिया र ओखरको मिश्रण गरेर सेवन गरेमा तौललाई नियन्त्रण गर्नुका साथै तौल घटाउन पनि सक्छन् ।

पुदिना, कागती र ग्रिन टी : प्रायः जसो व्यक्तिहरू आफ्नो तौल घटाउनका लागि कागतीको पानीमा ग्रिन टी वा लेमन टी खाने पिउने गर्छन् । यसरी खाने चियाको मिश्रणमा तपाईँले पुदिनाको पात वा त्यसको रस पनि थप्नु भयो भने यो अझ प्रभावकारी हुने गर्छ । पुदिना, कागतीको रस र ग्रिन टीको सेवनले तपाईँको शरीरमा चाहिने पानीको मात्रालाई कायम राख्छ । पुदिनाको पातको सेवनले भोक लाग्ने गतिलाई नियन्त्रण गर्छ । जसको कारण यस्तो किसिमको चिया खाएपछि तपाईँलाई लामो समयसम्म भोक लाग्दैन । जसको कारण तपाईँलाई तौल नियन्त्रण गर्न मद्दत मिल्छ ।

 

मेथी : चिसोमा आफ्नो शरीरमा अनावश्यक फ्याटको मात्रा कम गराउँछ मेथीको प्रयोग लाभदायी साबित हुनेछ । यसले रगतमा मधुमेहको मात्रा कम गर्न र इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा मेटाबोलिज्म प्रक्रिया तन्दुरुस्त राख्न सहयोग गर्छ ।

 

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार ११:५९
    • 144 views
    एचपीभी खोप लगाउन किन जरुरी छ?

    कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 65 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *