0 प्रतिक्रिया
चोलेन्द्र प्रकरणका ४ सम्भावित परिणाम तत्काल राजीनामा नदिए के–कस्ता परिणामहरू आउलान् ?
सर्वोच्च अदालतमा केही दिनयता चर्किएको विवाद कचल्टिएको छ । एकातर्फ बहुमत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेर ‘फायर खोलेका’ छन् । अर्कोतर्फ प्रधानन्यायाधीश जबराले राजीनामा नदिने घोषणा गर्दै बुधबार एक्लै इजलासमा बसेर ‘जवाफी फायर’ खोलेका छन् । दुबै पक्षको अडानले गर्दा अब अदालतभित्रको यो लफडा कसरी साम्य होला भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
आइतबार र सोमबार बार एशोसिएसनका पदाधिकारी र सर्वोच्च अदालतका न्यायाधीशहरूले जबरालाई राजीनामा दिन आग्रह गरिरहँदासम्म धेरैलाई लागेको थियो कि अब उनले केही दिनभित्रै राजीनामा देलान् र अदालतको विवादले निकास पाउला ।
तर, जबराले मंगलबार न्यायाधीहरूसँगको छलफलमा राजीनामा नदिने घोषणा गरे । त्यही दिन बीबीसीमा अन्तरवार्ता दिँदै उनले राजीनामा नदिने थप अडान दोहोर्याए । उनले राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने चेतावनीसमेत दिए । र, बुधबार उनले एक्लै इजलासमा पाँचवटा मुद्दा हेरेर ‘दबाब’ को कुनै पर्वाह नगर्ने स्पष्ट सन्देश दिए ।

संविधानको यो प्रावधान प्रधानन्यायाधीश शारीरिक वा मानसिक रुपमा गम्भीर बिरामी भएको अवस्थाका लागि राखिएको जस्तो देखिन्छ । जबराको हकमा अहिले त्यो अवस्था छैन ।

