यी हुन् अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूत
कात्तिक ११, काठमाडौं ।।
सरकारले अमेरिका, बेलायत र भारतको लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन देशमा रिक्त राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले दिएको जानकारी अनुसार भारतको लागि डा. शंकर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई नियुक्तिको लागि सिफारिस गर्ने निर्णय भएको हो ।
डा. शर्मा यसअघि अमेरिकाको लागि राजदूत भइसकेका छन । श्रीधर खत्री परराष्ट्र मामला विज्ञ र राजनीतिशास्त्रको प्राध्यापक हुन् । आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् ।
सरकारले केही समय अघि परराष्ट्र मन्त्रालयका करिअर राजदूत बाहेक सबैलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको