+
+
-- Sponsored Ad --

नेका कावासोती ८ ले गर्यो शुभकामना आदान-प्रदान कार्यक्रम

495 पटक हेरिएको
Clock २०७८ कार्तिक १४, आईतवार २०:१०
-- Sponsored --

नवलपुर, कार्तिक १४ ।
कावासोती नगरपालिका वडा नं. ८ मा नेपाली काँग्रेसले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । वडा कार्य समितिको आयोजनामा आज मनकामना आमा समूहको सभाहलमा नेपालीका महान् पर्वहरु बिजया दशमी, दिपावली, छठ, ल्होसार, नेपाल सम्वत् लगायतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

वडा सभापति तुलसीराम भटराईको अध्यक्षता रहेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एवं संबिधान सभा सदस्य महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।

वडाका पार्टी सदस्य, शुभेच्छुक-शुभचिन्तक सहभागी कार्यक्रममा प्रदेश साँसद ओमकला गौतम, महासमिति सदस्यहरु मदनभक्त अधिकारी, कपिलदेब भुसाल, गणेश सापकोटा, कर्नेल धनबहादुर मास्की मगर, नेपाल महिला संघ जिल्ला सचिव सरस्वती तिमिल्सिना, नगर सभापति शालिकराम ढकाल लगायत नेताहरुले शुभकामना भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव मनबहादुर गुरुङले गर्नुभएको थियो

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win