नागरिकता संशोधन विधेयकबारे प्रचण्डले भने– ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको कार्यालयबाट ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ नरोकिने विश्वास व्यक्त गर्नुभएको छ ।

बुधबार पाँचदिने जापान भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयक राष्ट्रपतिको गए पनि त्यहाँबाट छिट्टै प्रमाणीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ,’ पत्रकारको प्रश्नको जवाफमा अध्यक्ष दाहालले भन्नुभयो, ‘यद्यपि, ढिलो नहुनुपर्‍थ्यो ।’

विधेयक दुवै सदनबाट साउन १२ गते बहुमतले पारित भइसकेको छ भने अहिले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ छ । १२ दिन बितिसक्दा पनि राष्ट्रपतिको कार्यालय माैन छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 16 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *