+
+
-- Sponsored Ad --

कोरोना संक्रमणबाट सप्तकोसी नगरपालिका उपमेयर चौधरीको निधन, जिल्लमा मृत्यु हुनेको शंख्या ७५ पुग्यो ।

997 पटक हेरिएको
Clock २०७८ जेष्ठ ४, मंगलवार ०९:३०
-- Sponsored --

राजविराज — कोरोना संक्रमणका कारण सप्तरीमा सोमबारयता आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरी पनि छिन् ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् ।

सप्तकोसी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवतीसमेत थिइन् । नोबेलमै उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए ।

‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।’

यस्तै गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार पाँच जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार राजविराज नगरपालिका–१ र ७ का एक–एक जना, विष्णुपुर गाउँपालिकाका एक जना, बोदेवरसाइन नगरपालिकाका एक जना र बर्दिवास घर भई राजविराज बस्दै आएकी एक महिलाको मृत्यु भएको छ ।

सोमबारै सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको उक्त नगरपालिकाका स्वास्थ्य सह–संयोजक डम्बर गुप्ताले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win