+
+
-- Sponsored Ad --

निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई वैधानिकता

326 पटक हेरिएको
Clock २०७८ कार्तिक १८, बिहीबार १४:४५
-- Sponsored --

कात्तिक १८, काठमाडौं ।। विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

पार्टीको विधान संशोधन र केन्द्रीय समितिमा हेरफेर लगायतका निर्णयमा आयोगले अद्यावधिक गरेपछि मान्यता पाएको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

मिश्र पक्षले गरेको निर्णयलाई पार्टीका संयोजक मिलन पाण्डे पक्षले अवैधानिक भएको भन्दै विरोध गर्दै आएको छ । यद्यपि आयोगले मिश्रको निर्णयलाई वैधानिकता दिएको छ ।

निर्णयले वैधानिकता पाएसँगै पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको प्रेस विज्ञप्ति 

‘गत कात्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अन्य निर्णयहरूका अलावा दुई तिहाइभन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको थियो । साथै केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या (५ जनाको राजीनामा र १ जनाको देहावसानका कारण) अब १२४ रहेको जानकारी गराएको थियो । यी दुवै विषयबारे निर्वाचन आयोगलाई जानकारी गराई आयोगको रेकर्ड अद्यावधिक गराउन आवश्यक थियो । हामीले निर्वाचन आयोगलाई त्यसै अनुरूप पत्राचार गरेका थियौँ । हिजो कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानुन बमोजिम ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ । अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ । साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिनेछ । अतः अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध छैन । अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न विनम्र आग्रह गर्नुभएको छ ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win