पटाका पड्काउने चलन कहिलेबाट सुरु भयो ?
दीपावलीमा घरलाई झिलीमिली बनाउने प्रचलन पुरानो छ । कतिपयले खुसीयालीमा पटाका पनि पड्काउँछन् । पञ्जाव विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक राजिव लोचनका अनुसार प्राचीन ग्रन्थमा पनि दीपावलीलाई भव्य रुपमा मनाइन्थ्यों । तर, पटाका पड्काउने परम्परा थिएन ।
पटाका पड्काउने परम्परा त चीनको हो । पटाका पड्काउँदा यसको निस्कने ठूलो आवाजले खराब आत्मा, खराब विचार र दुर्भाग्य भाग्ने तथा सौभाग्य प्रबल हुने चिनियाँहरूको मान्यता छ । यही विचार भारतमा आतिश दिपांकर नामका बंगाली बौद्ध धर्मगुरुले १२ औं शताब्दीबाट भित्र्याए ।
उनले सायद चीन, तिब्बत र पूर्वी एसियाबाट यस्तो प्रचलन सिकेर आएका थिए । अन्यथा ऋग्वेदमा त दुग्र्भाय ल्याउने ‘निरृति’ लाई पनि देवी मानिएको छ र दीकपाल (दिशाहरुका ९ वटा स्वामीमध्येका एक) को दर्जा दिइएको छ,’ लोचनले भने,‘ती देवीलाई त प्रार्थना गरिन्छ र अब जानुस्, फर्केर नआउनुस् भनिन्छ । पटाकाको आवाजबाट तर्साएर उनलाई भगाउन सकिन्छ भनेर कहीं लेखिएको छैन ।’
प्राचीनकालदेखि नै भारतमा विशेष प्रकाश र आवाजसहित फुट्ने यन्त्रहरू थिए । दुई हजारभन्दा पुराना भारतीय मिथकहरुमा यसको वर्णन गरिएको छ । ईसापूर्व कालमा रचना गरिएको कौटिल्यको अर्थशास्त्रमा पनि एउटा यस्तै चूर्णको विवरण छ, जो तेजसँग जल्ने गर्दथ्यो । आगोको ठूलो लप्का पैदा गर्दथ्यों र यदि यसलाई केही पदार्थमा झोसियो भने पटाका बन्ने गर्दथ्यों ।
बंगालका इलाकामा वर्षाको मौसमपछि केही इलाकाका सुख्खा जमिनमा नै लवणका ढिक्काहरु बन्ने गरेका थिए । यस्ता लवणहरुको प्रयोग वैद्यले पनि विभिन्न रोगहरुका लागि गर्ने गरेका थिए । यस्ता लवणलाई पिसेर तेजसँग चल्ने चूर्ण बनाइन्थ्यो । यदि गन्धक र कोइलाको उचित मात्रा मिलाउँदा भने यसको ज्वलनशिलता पनि बढ्थ्यों ।
भारतभर यस्ता चूर्ण र यसबाट बन्ने बारुद भेटिन्थ्यों । तर, यो प्रयोग पटाका बनाउनमा पनि हुन्छ भन्ने पत्ता लागिसकेको थिएन । खुसीयाली मनाउनका लागि, उल्लासका लागि घरहरुमा दीपावली गरिन्थ्यों । तर पटाकाको प्रयोगबारे कुनै विवरण भेटिएको छैन ।
यो बारुद त्यति धेरै प्रज्वलनशील पनि थिएन कि यसलाई दुश्मन मार्नका लागि प्रयोग गर्न सकियोस् । १२७० मा सिरियाका रसायनशास्त्री हसन अल रम्माहले आफ्नो पुस्तकमा यस बारुदको व्याख्या गरेका छन् । उनले यस्तो बारुदलाई गरम पानीले शुद्ध गरेर ज्यादा बिस्फोट बनाउन सकिने उल्लेख गरेका थिए ।
के मुगलले ल्याए ?
सन् १५२६ मा काबुलका सुल्तान बाबरले मुगल सेनासँग मिलेर दिल्लीका सुल्तानमाथि हमला गरेका थिए, यतिबेला अफगानी सेनाको तोपको आवाज सुनेर भारतीय सैनिक अति तर्सिएका थिए । यदि मन्दिर र शहरहरुमा पटाका पड्काउने चलन हुन्थ्यों भने सायद, भारतीय सैनिक यति धेरै तर्सने थिएनन् ।
यद्यपि, मुगलकालिन इतिहासका प्रोफेसर नजफ हैदरका अनुसार मुगल आउनुअघि पनि भारतमा पटाका प्रयोग हुन्थ्यों । ‘मुगल शासनका दौरान आतिशबाजी र पटाकाको व्यापक प्रयोग भयो । तर, यसको अर्थ भारतमा मुगलले नै पटाका लिएर आएका थिए भन्नु गलत हुनेछ,’ उनले भने,‘यदारा शिकोहको विवाहको तस्विरमा पनि मानिसहरुले पटाका पड्काउँदै गरेको देखिन्छ । मुगलभन्दा पहिले, फिरोजशाहको जमानामा पनि आतिशबाजी खुबै हुन्थ्यों ।’
मुगलको शासनकालमा विवाह र अन्य समारोहमा पनि आतिशबाजी गरिन्थ्यों ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश