+
+
-- Sponsored Ad --

विनयी त्रिबेणीमा नेकपा एसको ३५ सदस्यीय गाउँ कमिटी

390 पटक हेरिएको
Clock २०७८ कार्तिक २७, शनिबार १६:५२
-- Sponsored --

नवलपुर, कार्तिक २७ । 
विनयी त्रिबेणी गाउँपालिकामा नेकपा एकिकृत समाजवादीको ३५ सदस्यीय गाउँ कमिटी गठन भएको छ । आज शनिवार सम्पन्न प्रथम अधिबेशनले लक्ष्मणबहादुर पाण्डेको अध्यक्षतामा गाउँ कमिटी गठन गरेको छ । अधिबेशनले उपाध्यक्षमा राधा चौधरी, सचिवमा गोबिन्द पौडेल र सह सचिवमा चेतनसिं खत्रीलाई चयन गरेको नेकपा एस नवलपुर सचिवालयले जनाएको छ ।

जिल्ला पार्टी सचिवालय सदस्य एवं विनयी त्रिबेणी ईन्चार्ज प्रेम बिकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष शालिकराम भटराईको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि भटराईले ओलीले छरेका भ्रमलाई कार्यकर्ताले बुझ्दै गएकाले एकिकृत समाजबादीमा आउने क्रम बढिरहेको दावी गरे । 

प्रथम गाउँपालिका अधिबेशनमा गण्डकी प्रदेश कमिटि सदस्य तारा कुमारी विक, युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर युवा ईन्चार्ज प्रेमनारायण पाण्डे,  नेकपा एस जिल्ला सचिवालय सदस्य हुमाकान्त पराजुली लगायतले बोलेका थिए । 

पार्टी जिल्ला सदस्य अर्जुन पाण्डेले सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य सुनिल पौडेलले राखेका थिए । 

जिल्लाका आठ पालिकामध्ये हुप्सेकोट, विनयी त्रिबेणी र देवचुलीमा नेकपा एसले गाउँ तथा नगर कमिटी घोषणा गरेको छ । नवलपुर एफ एम ।।
 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win