पछिल्लो २४ घण्टामा २ हजार १०१ जनाको पीसीआर परीक्षणमा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा थप ८९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

२१ सय एक जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ९५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ । नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । नेपालमा काेराेना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार २७ जनाकाे ज्यान गएकाे छ ।    

 

अन्तिम अपडेट: चैत १५, २०७७

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार ११:५९
    • 147 views
    एचपीभी खोप लगाउन किन जरुरी छ?

    कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 65 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *